देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहित मेला महोत्सव बन्द

देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो । साथै सञ्चालन भइरहेको चितवन महोत्सवको हकमा पुस २९ गते पूर्णरूपमा बन्द गर्ने गरी दुई दिन व्यवस्थापनका लागि समय उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मङ्गलबारदेखि सुरु हुन लागेको रत्ननगर महोत्सवको हकमा केही दिन स्थगित गरेर अवस्था हेर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताउनुभएको थियो । यसै महिना खैरहनीमा हुन लागेको खिचरा महोत्सवसँगै अन्य महोत्सव पनि पूर्ण बन्द गर्ने बैठकले निर्णय गरेको छ ।

देवघाटमा हुने माघे सङ्क्रान्ति मेलामा देशैभरबाट भक्तजन आउने गर्दछन् । सङ्क्रान्तिको अघिल्लो दिन त्रिशूली र कालीगण्डकी दुई नदीको सङ्गममा लिङ्गो गाडेर मेला शुभारम्भ गरिन्छ । प्रमुख जिल्ला अधिकारी तामाङले तनहुँ र नवलपरासी जिल्लासँग समन्वय गरेर मेला पूर्णरूपमा बन्द गराइने बताउनुभयो ।

बैठकले खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चित गरी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ ।

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी क्षमताका यात्रु नराख्न, यात्रु, चालक र सहचालकले अनिवार्यरूपमा मास्क लगाउन, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्न र दैनिक सवारीलाई निःसङ्क्रमण गर्न बैठकले निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker