डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशमै सर्वोत्कृष्ट घोषित

भञ्ज्याङ न्यूज

डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशमै सर्वोत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय तनहुँलाई प्रदेशकै सर्वोत्कृष्ट घोषित गरी पुरस्कृत गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा प्रदेश कार्यालयले आइतबार आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँलाई पुरस्कृत गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले कार्यालय प्रमुख कोमलराज काफ्लेलाई नगद रु ३० हजार सहित प्रमाणपत्रले पुरस्कृत गरे ।

नमूना कार्यालय छनौट कार्यविधि, २०७८ बमोजिम गण्डकी प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयमध्ये डिभिजन वन सर्वोत्कृष्ट भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker