१० दिने झोला सिलाइ तालिम सम्पन्न

भञ्ज्याङ समाचारदाता/दमौली

डाँफे बचत तथा ऋण सहकारी संस्था दमौलीले १० दिने बाताबरण मैत्री झोला सिलाइ तालिम सम्पन्न गरेको छ । व्यास नगरपालिकाको सहयोगमा सञ्चालन भएको निःशुल्क तालिममा ३५ जना महिलाको सहभागीता रहेको सहकारीका निबर्तमान अध्यक्ष प्रेमबहादुर रावतले बताए ।

तालिम समापन गर्दै जिल्ला समन्वय समिति तनहुँका सदस्य अर्जुन बहादुर अधिकारीले सहभागीले तालिममा सिकेका ज्ञान सिपलाई व्यवसायमा परिवर्तन गर्नसक्नु पर्ने बताए ।

सहकारीका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा मन्जु थापा, हरि कार्की, कमला विष्ट, सृजना केसी, संकर अधिकारी लगायतले तालिमको महत्वका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker