मृगौला पीडितलाई तनहुँ समाज हङकङको आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

तनहुँ समाज हङकङले दुबै मृगौला फेल भएकालाई आर्थिक सहयोग गरेको छ । समाजले व्यास-९ भोटेनीका दुबै मृगौला फेल भई उपचाररत मिन बहादुर गुरुङलाई २ लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम बिहीवार दुलेगौडामा समाजका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जंगबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरिएको गरिको समाजका सचिव सुवित गुरुङले जानकारी गराए ।
रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भइ उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्दै आइरहेको बताए ।
सोही क्रममा समाजका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले तनहुँ समाज हङकङले जहिले पनि दिनदुखीको दुःखमा साथ दिदै आएको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा तनहुँ तमु समाजका अध्यक्ष सोम बहादुर गुरुङ, सचिव लेख बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।










