भानु नगरपालिकामा युवा उद्यमशिलता प्रबर्द्धन तालिम सञ्चालन

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले युवा उद्यमशिलता तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सात दिवसीय युवा उद्यमशिलता तालिम सञ्चालन गरेको हो ।

तालिमको शुभारम्भ गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठीले युवालाई सीप विकासको माध्यमबाट उनीहरुको क्षमता विकास गरी नेपालमा नै सम्भावना र अवसरको खोजी गर्न सिकाउने र स्वरोजगार एवं आयआर्जन तर्फ लाग्न प्रयास गरिने बताए ।

उनले आगामी दिनमा नगरपालिकाले युवा विकास र परिचालनमा उच्च प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा उपप्रमुख उमा गोतामेले तालिमले युवाहरुलाई आफ्नो सीप र क्षमताको पहिचान गरी व्यवसायिकता तर्फ उन्मुखहुने वातावरण बन्ने विश्वास व्यक्त गरिन ।

तालिममा भानुका १३ वटै वडाबाट प्रतिनिधित्व गर्ने वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै केही उद्यम गरी स्वरोजगार हुन चाहेका ३० जना युवाको सहभागिता रहेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल बताए । १६ देखि ५० वर्ष उमेर समूहका रिटर्नी युवाहरू मध्ये अधिकाँस मलेसिया र मध्य पुर्व खाडीका देशहरूमा काम गरी दुःख कष्ट र हण्डर खाई विभिन्न कामको अनुभव लिई फर्केका युवाहरूको सहभागिता रहेको उनले बताए ।

तालिममा सहभागिहरुलाई युवा प्रशिक्षक श्यामकाजी खत्री र उपसचिव ध्रुवराज पौडेलले सहजीकरण गरेका छन् । चालू आव २०७८/०७९ मा संघीय सरकारबाट र्सशर्त कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषदबाट प्राप्त कार्यक्रम भएको सामाजिक विकास अधिकृत कृपाहरी लौडारीले बताए ।

तनहुँ जिल्लामा सरकारी स्तरबाट पहिलोपटक सञ्चालन गरीको यस प्रकारको तालिमले विशेषतः युवाहरुलाई कुनैपनि व्यवसायको पहिचान,सम्भावना, स्रोत परिचालन, उत्पादन, बजारीकरण, ब्रान्डिङ् तथा व्यवसाय प्रबर्द्धनका विषयमा मद्दत पुग्ने विश्वास गरिएको उपसचिव पौडेलले बताए । तालिममा सहभागि युवाहरुलाई व्यवसायिक योजनाका विषयलाई मुख्य रुपमा प्रशिक्षण दिइने भएको छ ।

सहभागिहरुलाई आइएलओ प्रमाणित तालिम प्याकेज अन्तर्गत न्यूनतम ४२ घण्टा सञ्चालन गरिने र तालिम सैद्धान्तिक मात्र नभएर व्यवहारिक एवं प्रयोगात्मक मोडलमा सञ्चालन गरिने बताइएको छ । तालिममा बैदेशिक रोजगार प्रबर्द्धन बोर्डका प्रतिनिधि, स्थानीय ग्लोबल आइएमइ बैंकका प्रबन्धक तथा रिटर्नी माइग्रेन्ट तनहुँका प्रतिनिधिहरुले पनि सहजीकरण गर्ने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker