आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उहाँ घर छाडेर हिँडेको बताइएको छ । उहाँ हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।

“ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker