सेती नदीको कटान रोकथामका लागि पर्खाल निर्माण

तनहुँ । सेती नदीबाट हुने कटान रोकथामका लागि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा पर्खाल निर्माण गरिएको छ । निर्माणाधीन १४० मेगाावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सेती नदीमा आउने बाढीले गर्ने कटान नियन्त्रण गर्न पर्खाल निर्माण गरेको हो ।
आयोजनाको झापुटारमा रहेको क्याम्प, पुल र नदी आसपासका बस्तीक्षेत्र जोगाउन आठ वर्षको अवधिमा करिब तीन किलोमिटर लामो पर्खाल निर्माण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । आयोजनाले २०७२ सालदेखि हालसम्म विभिन्न स्थानमा पर्खाल निर्माण गरेको हो ।
व्यास नगरपालिका–१३ को बेलबास, व्यास–५ को बेनीपाटन र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रमा पर्खाल निर्माण गर्न आयोजनाले झण्डै ६ करोड रुपैयाँ खर्च गरिसकेको छ । आयोजनाको प्याकेज–१ बाँधस्थलदेखि मादीसेती दोभानसम्म करिब २५० मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ। भौगोलिक अवस्था हेरी चारदेखि ६ मिटर उचाइको पर्खाल निर्माण गरिएको छ ।
त्यसैगरी मादीसेती दोभानदेखि झापुटार हँुदै आयोजनाको प्याकेज–२ अन्र्तगत सिनोहाइड्रो क्याम्पसम्म नदी किनारमा पर्खाल निर्माण गरिएको छ। आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत नदीले कटान गर्नसक्ने सम्भावित स्थानमा प्राथामिकता दिएर पर्खाल निर्माण गरेको प्रमुख भण्डारीले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker