व्यास नगरपालिकाको अण्डरग्राउण्ड पार्किङ पोखरीमा परिणत

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाका कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ । किनकी नगरपालिकाको कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ । सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ ।

व्यास-३ का आकाश अधिकारीले आफूले केही समयअघि त्यहाँ गाडी पार्किङ्ग गरेको र निकाल्न जाँदा जुत्ता मोजा फुकालेर जानु परेको सुनाए । ‘गाडी राख्दा पानी जमेकी थिएन,’ उनले भने, ‘एक छिन पानी परेको थियो, पछि गाडी निकाल्न जाँदा त पानी जमिसकेछ ।’

भल पसेर नभएर जमिन रसाएर अण्डरग्राउण्डमा पानी जम्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल बताउँछन् । उनले भने, ‘१५ दिन भित्रमा पानी जम्ने समस्याको समाधान गरिन्छ । पानी रसाएर तेस्तो भएको हो, पानी रोक्न विकल्प खोजिन्छ ।’ नगरपालिकाले पार्किङस्थल केही समयअघि भाडामा लगाएको थियो। तर पछि नगरपालिकाले हटाएको छ ।

अहिले त्यहाँ नगरपालिका कर्मचारीको मात्र सवारी साधन राख्ने गरिएको छ । पानी जम्ने समस्याकै कारण मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतका गाडी, दमकल र एम्बुलेन्स भने पुरानै भवनको प्राङ्गणमा राखिने गरिन्छ । ११ करोड भन्दा बढी रुपैयाँ खर्च गरेर काठमाडौंस्थित सिनर्जी बिल्डर्स प्रालिले यो भवन निर्माण गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker