पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा दमौलीमा राँके जुलुस
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय युवासंघ तनहुँले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दमौलीमा बिहीबार साँझ राँके जुलुस निकालिएको छ । वर्तमान सरकारले पटक-पटक मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको हुँदा त्यसको विरोधमा राँके जुलुस निकालिएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष मदन तिमिल्सिनाले बताए ।
मूल्यवृद्धि फिर्ता नलिए अझ सशक्त आन्दोलन गरिने बताउँदै उनले यो सरकार गरिखाने वर्गको नभएको आरोप लगाए । नेकपा एमाले तनहुँको पार्टी कार्यालयबाट निकालिएको राँके जुलुश सफासडक हुँदै ट्राफिक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।










