देवघाटको कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान

  • भञ्ज्याङ समाचारदाता (देवघाट)

सहज रुपमा विद्युत सेवा उपभोग गर्नबाट बञ्चित रहेका तनहुँको देवघाट गाउँपालिकाका बिकट बस्तिमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ को कालीटार, कोटा र गोपीटारका बासिन्दाले बिजुली बत्ती बाल्न थालेका छन् । गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत ती गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । लघु जलविद्युत मार्फत विद्युत् आपूर्ति भइरहेको यी गाउँमा राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताइएको छ ।

तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत् विस्तार गरिएको हो । नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रममार्फत तनहुँलाई पूर्ण विद्युतीकरण गरिने भएको छ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सर्फमर बिहीबार संचालन (चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिए । ‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गरिने छ’, उनले भने, ‘लाइन पुगेपछि त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित हुनेछन् ।’

विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक/एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका-१ मा पनि राष्ट्रिय प्रसारण लाइन पुर्‍याई विद्युत् आपूर्ति सुरु गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जे.भी.सँग १३ मंसिर २०७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ। कम्पनी ३३/११ केभी वितरण लाइन निर्माण गर्ने छ । कार्यक्रम अन्तर्गत नै बन्दिपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker