पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।

पोखराको शहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाईचोक, (उत्तरतर्फ मिलनचोक) पश्चिमतर्फ फिस्टेल गेट(वैदाम) उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड) चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker