तनहुँको ॠषिङका पाँच वर्षीय बालकले लाइटर खेलाउँद ज्यान गयो
भञ्ज्याङन्यूज
तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको थियो । निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले राससलाई जानकारी दिए ।










