बन्दिपुरको वडा नं. १ लाई सहरी विकास भित्र समावेश गर्न माग
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले साविक घाँसी कुवा गाविस-१ हाल बन्दिपुर गाउँपालिका-१ क्षेत्रलाई सहरी विकास भित्र समावेश गराइदिन माग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा सहितको एक टोलीले सहरी विकास मन्त्री मेटमडी चौधरीसँग भेटवार्ता गरी उक्त माग गरेको हो ।
गाउँपालिकाले भेटवार्ताका क्रममा मन्त्री चौधारीसंग बन्दिपुर रिङरोडका लागि बजेट समेत माग गरेको छ ।
गाउँपालिकाको टोलीको मागका विषयमा मन्त्री चौधरीले जनताका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । साथै गाउँपालिकाले राखेका माग सम्बन्धित निकायसम्म पुयाउने आश्वासन पनि दिएका छन् ।










