घुम्ती शिविरबाट म्याग्देका १२५ कृषक लाभान्वित
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा संचालित घुम्ती शिविरको पहिलो दिन १२५ जना कृषकहरुले पशुको स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। गाउँपालिकाको एकीकृत घुम्ती शिविरबाट १ हजार ४ वटा पशु पन्छिलाई सेवा दिईएको छ ।
शिविरको पहिलो दिन वडा नं. ३ को किलचोकमा सञ्चालित शिविरबाट १७ वटा बोका/पाठाको बन्ध्याकरण गरिएको छ भने खसी, वोका पाठा पाठी गरी ४४५ पशुको विभिन्न उपचार गरिएको छ । यस्तै कुखुरा ४५६ वटा, गाई गोरु ४७ वटा, भैसी ३९ वटा, सुगुरबंगुर १० वटा र कुकुर ९ वटालाई सेवा दिईएको डा. विनय शाहले बताए ।
शिविरमा स्वास्थ्य परीक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पञ्जिकरण शाखा अन्तर्गतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायतका सेवा उपलव्ध गरिएको छ ।










