देवघाटको वेणीसंगममा रुसी नागरिक डुबेर वेपत्ता
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको देवघाटधाम स्थितवेणीसंगममा डुबेर रुसी नागरिक वेपत्ता भएका छन् । कालीगण्डकी नदी र त्रिशुलीनदीको संगम स्थलमा मंगलबार दिउँसो करिब २ बजेको समयमा नुहाने क्रममा अचानक डुबी वेपत्ता भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
रुसी नागरिक पास्पोर्ट नं. ७५९१७६६१८ भएका अन्दाजी २९ वर्षीय पिटर रुजिन नुहाउने क्रममा अचानक डुबी वेपत्ता भएपछि इलाका प्रहरी कार्यालय देवघाटको टोलीले खोजतलास गरिरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










