हाजिरीजवाफमा कर्मचारी प्रथम

भञ्ज्याङ समाचारदाता/दमौली

सामाजिक विकास कार्यालय तनहुँले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा कर्मचारीको समूह प्रथम भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार आयोजित प्रतियोगितामा कर्मचारीको समूह प्रथम भएको हो ।

प्रतियोगितामा नेपाल पत्रकारको समूह द्वितीय भएको छ । त्यस्तै प्रतियोगितामा शिक्षकको समूह तृतीय भएको छ । कर्मचारीको समूहले ३०, पत्रकारको समूहले २८ र शिक्षकको समूहले २३ अंक पाएको थियो ।

प्रथम भएको कर्मचारीको समूहले रु दश हजार, द्वितीय भएको पत्रकारको समूहले रु सात हजार नगद प्राप्त गरेको छ । विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker