डुम्रेमा रोपाई जात्रा तथा साँस्कृतिक कार्यक्रम
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा डुम्रे रोपाई जात्रा तथा विविध साँस्कृतिक कार्यक्रम २०७९ गरिने भएको छ ।
डुम्रे साँस्कृतिक युवा परिवार डुम्रेले भदौ ३ गते शुक्रबार उक्त कार्यक्रम गर्ने तयारी गरेको हो । पर्वका अवसरमा आयोजकले रोपाई जात्रासंगै लाखे नाच तथा विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
जात्रा सञ्चालनका लागि नौ वटा उपसमितिहरु चयन गरेको छ । उपसिमितिमा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाई, क्षेत्रीय होटल व्यवसाय संघ डुम्रे, इलेक्ट्रोनिक्स व्यवसाय संघ डुम्रे, हरीहर आमा समूह, शिवालय आमा समुह सुनचाँदी व्यवसाय संघ, डुम्रे टोल सुधार समिति, खहरे विरुवा टोल सुधार समिति र झिंगु नेवाः पुच रहेका छन् ।










