मेरो उम्मेदवारी तनहुँको विकासका लागि हो : भट्टराइ

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराइले आफ्नो उम्मेदवारी तनहुँको विकासका लागि भएको बताएका छन् । मतदातासंग भेट्दै भट्टराइले गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको बताए ।

आफ्नो पक्षमा मत माग्दै उम्मेदवार भट्टराइले अहिले गाउँगाउँमा चुनावी अभियानलाई तीब्र पारेका छन् । भट्टराइको पक्षमा मत माग्नका लागि अहिले कांग्रेसका केन्द्रीय नेताहरु समेत तनहुँ-१ मा आएका छन् ।

कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले विरासत कायम राख्न र जिल्लाको विकासको लागि सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराइलाई जिताउन अपरिहार्य भएको बताएका छन् । व्यास-१ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपति जिल्ला भएको र विगत देखिकै उच्च विरासतलाई कायम राख्न जिताउनु पर्ने बताए । उनले भने, ‘तनहुँको विकास विगतमा पनि कांग्रेसको अगुवाइमा भएको हो त्यसको निरन्तरताका लागि पनि कांग्रेसको जीत अपरीहार्य छ ।’

उपनिर्वाचनमा अवसरवादीहरुलाई पाखा लगाउनु पर्नेम बताउँदै उनले विगतमा तनहुँको विकास निर्माणमा कुनै साइनो नगाँसिएका व्यक्तिहरु उम्मेदवार बन्न आएका छन्, तिनिहरुलाई पाखा लगाउनु पर्ने बताए ।

यस्तै, नेपाली महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकैसाथ तनहुँ आउने भएका छन् । व्यास नगरसमितिले चैत ५ गते दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ । गोविन्द भट्टराइलाई जिताउ अभियान अन्तर्गतमा दुबैजना महामन्त्री आउने नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेले बताए ।

यसैगरी लोकतान्त्रिक बाम गठबन्धनले चैत्र ६ गते डुम्रे र चैत्र ७ गते आँबुखैरेनीमा सभा गर्ने भएको छ । डुम्रेमा गरिने सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले बताएका छन् ।

लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराइलाई जिताउन नेपाली कांग्रेसका अतिरिक्त अन्य पार्टीका नेताहरु समेत तनहुँमा आएका छन् । केन्द्रीय स्तरका नेताहरुको आवागमनले तनहुँ-१ को उपनिर्वाचन रोचक बनेको छ । भट्टराइको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान आईतबार दमौली आएका छन् । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराइलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker