सामुदायिक विद्यालयमा आन्तरिक खर्च व्यवस्थापनको पाटो जटिल बनेको छ : प्रअ बस्नेत
प्रधानाध्यापक गणेशचन्द्र बस्नेत

निर्मल माध्यमिक विद्यालय वि.सं. २०२५ साल सञ्चालनमा आएको हो । स्यौउलाको टहराबाट सुरु भई अर्धकच्चि हुँदै अहिले सुविधासम्पन्न भवनबाट पठनपाठन गराउने अवस्थामा आइपुगेको छ । यस विद्यालयले सुरुदेखि नै व्यवसायीक शिक्षालाई जोड दिंदै आएको छ । साधारण शिक्षा र व्यवसायीक शिक्षामा प्राविधिक शिक्षाहरु सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए ।

प्राविधिक विषय अन्तरगत ३ वर्षे सिभिल इन्जिनियारिङ्गको पढाई हुँदै आएको छ । ‘अहिले सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रिडिप्लोमा २ वर्षे जो एसईइमा अनुउत्र्तिण भएर बसेका विद्यार्थीहरुका लागि सरकारले नै निःशुल्क पढ्ने वातावरण मिलाएकोमा ४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको आफ्नै आन्तरिक श्रोतबाट र विद्यार्थीहरुबाट न्युनतम शुल्क लिइ सञ्चालन गरेको प्राविधिक विषयमा केही समयका लागि विद्यार्थीको राम्रो सहभागिता थियो तर पछिल्लो समय पढ्न र रोजगारीको लागि विदेश जाने क्रम बढेपछि गत वर्षबाट निरन्तर दिन नसकिने अवस्थामा पुगेको छ ।’
‘अहिले हामीले पढाइरहेको प्राविधिक विषयका पाठ्यक्रम समयसापेक्ष नभएको कारण पनि देशै भरी यो अवस्था आइरहेको छ । पाठ्यक्रममा केही परिवर्तन गरियो भने विद्यार्थीको आकर्षण बढ्न सक्छ होला । यही अवस्थामा अहिले पढाइराखिएको प्राविधिक धारको कक्षामा विद्यार्थी नहुने अवस्था आएको छ’, प्रधानाध्यापक हड्खलेले भने, ‘प्राविधिक शिक्षा सञ्चालनका लागि प्रदेश सरकारले विद्यार्थीको संख्याका आधारमा अनुदान दिने गर्दथ्यो तर पछिल्लो समय विद्यार्थी संख्या कम हुन थालेपछि प्राविधिक शिक्षा सिकाईलाई निरन्तरता दिनको लागि आन्तरिक श्रोत, स्थानीय सरकार र विभिन्न संघसंस्था गुहार्नु परको छ ।’
विद्यालयको शिक्षा पुरा गर्न कक्षा १०-१२ पढ्ने देखियो । उनीहरुलाई पढ्न निरन्तरता र संगै आर्थिक आमदानी गर्न तिर लग्ने हो र उनीहरुलाई बैदेशिक रोजगारीमा जनाबाट रोक्ने हो भने सीपमलुक पढाईसंगै कमाउन सिकाउने, प्लम्बिङ्ग, फेसन डिजाइनिङ्ग, होटल म्यनेजमेन्ट, उद्यमी लगायतको कार्यक्रम ल्याएर विद्यालय शिक्षा पुरा गर्नेवित्तिकै स्वरोजगार बन्न सक्ने बनायौ भने विदेश जाने क्रम केही रोकिन सक्ने उनि बताउँछन् ।
सामुदायिक विद्यालयलाई आवश्यक पर्ने भौतिक पूर्वाधार, भवन, सामाग्रीहरु सरकारबाट सहयोग प्राप्त भइरहन्छ । तर, विद्यालय सञ्चालन गर्न आवश्यक पर्ने आन्तरिक श्रोतहरु जस्तै विजुली, खानेपानी, इन्टरनेट, निजी श्रोतमा राखिने सहायक कर्मचारी र शिक्षक लगायतका खर्च व्यवस्थापनको पाटो जटिल बन्दै गएको प्रधानाध्यापक हड्खले बताउँछन् ।
‘सरकारले अहिले निःशुल्क शिक्षामा जोड दिएको छ, त्यसैले हामीले शुल्क पनि उठाउन मिल्दैन । तर विद्यालय सञ्चालन गर्न खर्चा हुने विभिन्न २० शिर्षकका लागि सरकारले आर्थिक सहयोगको व्यवस्थापन गरिदिए सीपमुलक र गुणस्तरीय शिक्षा दिन सहज हुनेथियो’, उनले भने, ‘विद्यालय बजार क्षेत्रभन्दा केही भित्र रहेको हुँदा शान्तिपूर्ण वातावरण, प्रयाप्त खेलमैदान, भौतिक पूर्वाधार छ । १४ रोपनी क्षेत्रफलमा विद्यार्थीहरु पढ्ने पक्की भवन, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, खेल्कुदका लागि मैदान, हरियाली वातावरण छ । प्रयाप्त मात्रमा विषयगत शिक्षकहरुको पनि व्यवस्थापन भएको हुँदा नमूना विद्यालयको रुपमा अगाडि बढाउने प्रयास भइरहेको छ ।’
(‘भञ्ज्याङ’ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा २०८२ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशित सामाग्रि)