देवघाटमा बाँदर आतङ्क नियन्त्रण विषयक अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/देवघाट

देवघाट तथा देवघाटधाम लगायतका क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएकाले स्थानीयहरु चिन्तित बन्न थालेका छन् । देवघाट क्षेत्रमा बाँदर आतङ्क बड्दै गएपछि कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गर्न थालिएको छ ।
देवघाटबासीको मुख्य समस्याका रुपमा देखिएको बाँदर आतङ्क न्यूनिकरणका विषयमा देवघाट क्षेत्र विकास समितिले सोमबार देवघाटमा बाँदर नियन्त्रण तथा व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी गराए ।
कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले मानव प्राणीले जस्तै अन्य प्राणीले पनि स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भन्दै देवघाटको ठुलो समस्याको रूपमा रहेको बाँदरलाई गहिरिएर समाधानको बाटो अवलम्बन गर्नुपर्ने बताएका छन् । सांसद सिलवालले धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा देखिएको बाँदर आतङ्क समस्या समाधानका लागि आफुले सांसदमा जस्ताकोतस्तै पुर्‍याउने प्रतिवद्धता जनाउँदै देवघाटको विकासका लागि र यहाँका समस्या समाधानका लागि पहल गर्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट क्षेत्रमा मात्रै नभएर पुरै पालिका भरि बाँदरसंग लडेर बाँच्नु पर्ने अवस्था आएकोबताए। उनले भने, ‘देवघाटमा भने अलि बढि समस्या रहेको छ । देवघाटमा आउने धार्मिक तथा अन्य पर्यटकहरूलाई बाँदरले दुःख दिने, मन्दिरमा चढाउन ल्याएको फलफूल खोस्दिने, अन्नबाली खाइदिने, भक्तिटोलका आमाबुवाहरूको भातको कसौंडी लगेर खाइदिने र मान्छेलाई टोकेर घाइते बनाइदिने जस्ता समस्या देखिएको छ ।’
देवघाटमा बाँदर नियन्त्रणका लागि धेरै प्रयासहरु भएपनि नियन्त्रण हुन नसकेको बताउँदै अध्यक्ष थापाले भने, ‘बाँदर नियन्त्रणका लागि सरकारले नीति, कानुन बनाएर अघि बढे मात्रै देवघाटमा बाँदर नियन्त्रण हुनसक्छ, हामीले चाहेर मात्रै यो समस्या समाधान गर्न सक्ने अवस्था छैन ।’
यस्तै, उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बाँदरलाई पनि उसको हकअधिकार अनुसार बाँच्न दिनर्ुपर्छ तर बाँदरबाट हुने गरेको आतङ्क न्यूनिकरणका लागि दीर्घकालीन सोच राखेर बाँदर पार्क बनाएर हुन्छ कि परिवार नियोजन गरेर हुन्छ छिटोभन्दा छिटो समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताए ।
देवघाट क्षेत्रमा बाँदर र मान्छे एकआपसमा मिलेर बस्ने वातावरण नरहेको स्थानीय रामनाथ मिश्रले बताए । बाँदरको कारण देवघाटका मान्छेहरूले आफुले चाहेजस्तो व्यापार व्यवसाय समेत गर्न नसकेको उनले बताए । पवित्र तीर्थस्थल देवघाटवेणी संगममा तिर्थालु भक्तजनहरू नुहाउने क्रममा बाँदरले कपडा समेत बोकेर लैदिने जस्तो समस्या भोग्नुपरेको स्थानीयहरु बताउँछन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, चक्रबर्ती आश्रम व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिना, सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, गार्गी कन्य गुरूकुलका राम प्रसाद वस्ती, श्रीसीताराम संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल लगायतले देवघाटमा देखिएको बाँदर आतङ्क न्यूनिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker