कोरोना भाइरसको सङक्रमण आज ५६४ सङ्क्रमित

कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ दुई सय अठार मा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २९ रहेको छ । विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

यस्तै सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म होम आइसोलेसनमा तीन हजार सात सय ९४, संस्थागत आइसोलेसनमा एक सय ३५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker