तनहुँमा ३१ जना सहित मुलुकभर छ हजार ७३४ सङ्क्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख दुई हजार ४५५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९१ हजार ४६ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव छ रहेको छ ।

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २६ र आइसियूमा १३९ रहेको छ । होम आइसोलेशनमा २९ हजार ७०५, संस्थागत आइसोलेशनमा एक हजार १७२ र क्वारेन्टिनमा १०० जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् ।

शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker