तनहुँमा लम्बियो निषेधाज्ञा, बिहान ७ देखि साँझ ६ बजेसम्म व्यापार व्यवसाय खोलिने

भञ्ज्याङ समाचारदाता/दमौली

कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि भन्दै जारी गरिएको निषेधाज्ञा तनहुँमा भदौं २१ गतेसम्म लम्बाइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भदौं २१ गते राती १२ बजेसम्म लागु हुने गरेर निषेधाज्ञा लम्बाउन सिफारिस गरेको छ ।

कोभिड-१९ को जोखिम अझै कमी नभएको अवस्थालाई ध्यानमा राखि समितिको सिफारिसको आधारमा निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । उनले भने, ‘कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिस बमोजिम कोभिड संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारको प्रयोग गरी जिल्लाभर निषेधाज्ञालाई जारी गरिएको हो ।’

उक्त बैठकले स्वास्थ्य र सुरक्षाको मापदण्ड पुरा गरेर निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको छ । अत्यावश्यक सेवाहरु सहित अन्य व्यापार व्यवसायलाई पनि खुल्ला गर्दै लगिएको छ । प्रशासनले सेवा तथा व्यवसाय बिहान ७ देखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ ।

त्यस्तै, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लव, सैलुन सेवा, व्यटिपार्लर (कस्मेटिक बिक्री बाहेक), जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, साइकल र मोटरसाइकलमा गरिने व्यापार, रंगशालामा हुने दर्शक सहितको खेलकुद, तालिम, सेमिनार, भर्जुअल बाहेक भौतिक उपस्थितीमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु पूर्ण रुपमा बन्द गर्न प्रशासनले आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधानहरु विहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र सिट क्षमता भित्र रहि स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाई सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

यस्तै, परीक्षाहरु तोकिएको समायमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गर्ने गराउने गरी सञ्चालन गर्न आग्रह गरेको छ । जिल्लाबासीलाई अनावश्यक रुपमा घरबाहिरा ननिस्कना बैठकले आग्रह गरेको छ । त्यस्तै, भारत र अन्य मुलुकबाट जिल्लामा आउने व्यक्तिले अनिवायर्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

जिल्लाका सम्पूर्ण संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकले प्रशासनको आदेश पालना गर्नुपर्ने र यदि कोहीकसैबाट आदेश उल्लंघन भएमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यदेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker