व्यासमा दलित सचेतना कार्यक्रम

भञ्ज्याङ न्यूज

व्यास नगरपालिका वडा नम्बर ७ मा ३ दिवसीय दलित सचेतना तालिम सुरु गरिएको छ । व्यास नगरपालिका वडा नम्बर ७ को आयोजना र परिवर्तनका लागि मिडियाको संयोजनमा शनिबारदेखि सुरु तालिममा जातिय छुवाछुत र विभेद विरुद्धका कानुनी व्यवस्था, जातिय संरचना र त्यसले समाजमा पारेको प्रभाव, औपचारिक कार्यक्रम कला लगायतको बारेमा दलित सहभागीलाई प्रशिक्षण दिइने छ ।

कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्ण न्यौपानेले समाज परिवर्तनको अवरोध नै जातिय छुवाछुत र विभेद भएकोले त्यसको विरुद्ध सबै जागरुक हुन आवश्यक रहेको बताए । हरेक खालको विभेदलाई समाप्त गर्न आफू वडातहमा सकृय रहेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिंदै छुवाछुत दलितको मात्र समस्या नभएर सबै मुलुककै समस्या भएको बताए ।

व्यास नगरपालिका नगर कार्यपालिका सदस्य नीला घिमिरेले हरेक स्थानीय तहबाटै जातिय विभेद र छुवाछुत विरुद्धको आवाज उठ्नुपर्ने बताइन् । दलितहरु संगठित भई जातिय विभेदको विरुद्ध दलितहरु जुट्दै जानु सकारात्मक भएको समेत उनले बताईन् । दलितहरुलाई विवाह र भोज भतेरमा नबोलाउने गरी जातिय छुवाछुतको नयाँ रुप देखिएकोले सचेतना कार्यक्रम गर्नु परेको व्यास नगरपालिका ७ नम्बर वडा सदस्य सरस्वती विकले बताईन् ।

युवा लेखक तथा प्रशिक्षक विनोदकुमार विकले दलित जाति उत्पत्ति कसरी ?, पत्रकार पूर्ण विकेले औपचारिक कार्यक्रम संचालन विधिबारे तालिमको पहिलो दिन सहजीकरण गरेका थिए । दलितहरुलाई तालिम प्रदान गरी नेतृत्व तहमा पुर्‍याउन आवश्यक ठानेर वडाबाट तालिम प्रदान गरिएको व्यास ७ वडा सचिव सन्तोष गोदारले बताए । कार्यक्रममा ३५ जना सहभागी रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker