टिकटक बनाउने क्रममा सेतीमा खस्दा नवदुलही बेपत्ता

राजकुमार आले/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-८, पुलचोकस्थित रक गार्डेन -सेती नदी छेउ)मा टिकटक बनाउने क्रममा खस्दा नवदुलही बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ बर्षीया पवित्रा लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

पाँच दिन अघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसोसंगै पढ्ने आफ्ना दुइ साथीहरुसंगै घुम्नका लागि पुलचोक गएकी उनी साथीहरुसंग टिकटक बनाउने क्रममा अचानक चिप्लिएर बेपत्ता भएकी हुन् ।

उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुङ्गामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले स्थानीय, आफन्त र प्रहरीले बेपत्ता लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker