मोटरसाइकल र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

पृथ्वीराजमार्गस्थित जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट लमजुङतर्फ जादै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रक र सोही दिशाबाट जादैै गरेको बा ७० प ९४७४ नम्बरको मोटरसाइकल ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडी सवार लमजुङ सुन्दरबजार नगरपालिका–९ का ५८ वर्षीय चन्द्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको खाँणले बताए ।
त्यस्तै, मोटरसाइकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ का ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । घाइते राजुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेका छ ।
ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










