कृष्णभीरमा पहिरो खस्दा सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ। लगातार परेको वर्षासँगै बिहीबार राति साढे १० बजेतिर सो क्षेत्रमा माथिबाट ठूला ढुङ्गा खस्दा कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

त्रिशूली बाढीका कारण भासिएपछि सडक डाइभर्सन निर्माण गरिएको छेउमा पहिरोसहितको ढुङ्गा खसेको स्थानीय सुदीप गौलीले बताए। ‘ठूला-ठूला ढुङ्गा झरेका छन्, अहिले सवारी आउजाउ गर्न सक्ने अवस्था छैन,’ उनले सुनाए।

कृष्णभीरमा पानी जमिन भित्र नछिरोस भनेर मंगलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो ।

स्थानीय प्रशासनले यो सडक खण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण पनि अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker