एसइइ पुरक परीक्षाका लागि तनहुँमा चार केन्द्र, कुन विद्यालयको केन्द्र कहाँ ? (सूची सहित)

दमौली : माध्यमिक शिक्षा परीक्षा (एसइइ)को यही साउन २९ गतेदेखि सञ्चालन हुने पुरक परीक्षाका लागि तनहुँमा चार वटा केन्द्र तोकिएको छ ।

गत साउन २ गते बसेको जिल्ला परीक्षा समन्वय समिति तनहुँको बैठकले एसइइ पुरक परीक्षाका लागि चार वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको हो ।

पुरक परीक्षामा सहभागी हुने प्राविधिक धारतर्फका सबै परीक्षार्थीका लागि परीक्षा केन्द्र दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

परीक्षा समन्वय समितिले बन्दीपुर–१ पिप्ले स्थित पवित्र माध्यमिक विद्यालय, व्यास–२ दमौली स्थित सत्यवती माध्यमिक विद्यालय, शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालय र भिमाद नगरपालिकाको भिमादस्थित जनज्योति माध्यमिक विद्यालयमा परीक्षा केन्द्र कायम गरेको छ ।

परीक्षामा साधारणतर्फ एक हजार ४४९ र प्राविधिकतर्फ २७ गरी एक हजार ७७६ परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षा केन्द्र र विद्यालयको सूचि

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker