जनज्योति क्याम्पसमा अभिमुखीकरण

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको व्यवस्थापन अनुसन्धान समितिले बीबीएस तथा बीएड तहमा अध्ययनरत विद्यार्थीका लागि फाइनल प्रोजेक्ट वर्कसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यार्थीमा अनुसन्धानसम्बन्धी सैद्धान्तिक ज्ञान, व्यावहारिक सीप तथा प्राज्ञिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरणले विद्यार्थीलाई परियोजना कार्य व्यवस्थित, वैज्ञानिक र तथ्यपरक रूपमा सम्पन्न गर्न आवश्यक अनुसन्धान पद्धतिबारे जानकारी दिइने बताइएको छ ।

कार्यक्रममा अनुसन्धान विषय छनोट, अनुसन्धान समस्याको पहिचान, अध्ययनका उद्देश्य निर्धारण, अनुसन्धान ढाँचा तथा विधि निर्माण, तथ्याङ्क संकलन तथा विश्लेषण, अनुसन्धान प्रतिवेदन लेखन र नतिजा प्रस्तुतिलगायत विषयमा प्रशिक्षण तथा मार्गदर्शन दिइने क्याम्पस प्रमुख केशवराज काफ्लेले जानकारी गराए ।

फाइनल प्रोजेक्ट वर्कमार्फत विद्यार्थीमा विषयवस्तुको गहन अध्ययन, आलोचनात्मक चिन्तन, समस्या विश्लेषण तथा प्रमाणमा आधारित निष्कर्ष निकाल्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको उनले बताए। क्याम्पसको व्यवस्थापन अनुसन्धान समितिले विद्यार्थीलाई अनुसन्धान प्रक्रियामा दक्ष बनाउने, मौलिक तथा व्यवस्थित अध्ययनलाई प्रोत्साहन गर्ने र अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने अभिमुखीकरणले बीबीएस तथा बीएड तहका विद्यार्थीलाई आफ्नो परियोजना कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक ज्ञान, सीप र अनुसन्धान पद्धतिबारे व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker