पहिरो हटाएर राजमार्ग दमौली डुम्रे खण्ड दुईतर्फी संचालन
भञ्ज्याङन्यूज

पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको व्यास नगरपालिका-१२ बेलभञ्ज्याङस्थित सडकखण्डमा झरेको पहिरो हटाएर सडक दुईतर्फी संचालन गरिएको छ ।
आईतबार विहान साढे १२ बजे पहिरो खसी अवरुद्ध भएको उक्त सडकखण्डबाट करिव २ बजेतिर पहिरो हटाएर दुई तर्फी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।