आँखा शिविरमा १३४को शल्यक्रिया

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया गरिएको छ । शिविर एक दिन थप गरेर बिहीबारसम्म लम्ब्याइएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी-३ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा ५०० भन्दा बढीको आँखा परीक्षण गरिएको पुनःस्थापना कार्यक्रमका फिल्ड अधिकृत प्रेम महर्जनले जानकारी दिए । उनका अनुसार बिहीबार ५० जनाको शल्यक्रिया गरिनेछ । “तीन दिनसम्म शिविर सञ्चालन गर्ने तय भएकामा माग अत्यधिक भएपछि एक दिन थप गर्नुपर्‍यो, ५० जनाको आँखाको बिहीबार शल्यक्रिया गर्ने तय भएको छ”, उने भने । शिविरमा अधिकांश आँबुखैरेनीका र केही गोरखाका सर्वसाधारणले सेवा लिएका छन् ।

आँखामा मोतीयाविन्दु देखिएकाहरूको सोही ठाउँमा नै शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर आँखा अस्पतालका डा रञ्जितकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धा हर्षित भएका छन् । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको बताए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो”, उनले भने, “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker