एमाले तनहुँका उपाध्यक्ष कंडेललाई मातृशोक
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेललाई मातृशोक परेको छ । कंडेलकी आमा प्रेमकुमारी कंडेलको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको देवघाट गाउँपालिका-५ कालीमाटीस्थित आफ्नै निवासमा मृत्यु भएको हो । ऋषिङ गाउँपालिका-५ राम्जाकोटका कंडेल परिवार केही वर्ष यता देवघाट-५ मा बस्दै आएका छन् ।
दिवंगत कंडेलको आइतबार देवघाट स्थित वेणी संगममा अन्तिम संस्कार गरियो । सो क्रममा परिवारका सदस्य सहित नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, केन्द्रीय प्रतिनिधि परिषदका सदस्य केदार सिग्देल, जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिपराज अधिकारी लगायतका जिल्ला कमिटी सदस्यहरु एवं विभिन्न तहका नेता तथा कार्यकर्ता एवं देवघाटका जनप्रतिनिधि तथां एमालेका नेता कार्यकर्ताहरुले दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । दिवंगत कडेलकी श्रीमान, हरिराज कंडेल सहित तिन छोरा तथा २ छोरी छन् ।










