तनहुँमा चितुवाको त्रास बढ्यो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको नवराज मिश्रले बताए । “राति-राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास बढेको छ,” उनले भने, “रातिको समयमा घर बाहिर निस्कने अवस्था नै छैन ।”

बन्दीपुर गाउँपालिका-५ याम्पाफाँटमा पनि स्थानीयवासी सीता भट्टराइले पालेको गाईको बाच्छी चितुवाले मारेको छ । चितुवाको त्रासले रातको समयमा एक्लै घर बाहिर निस्कने डर हुने गरेको स्थानीयवासी बताउँछन् ।

आहाराको खोजीमा चितुवा घर आँगनमा आउने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा विगत केही वर्षेखि चितुवाको त्रास हुँदै आएको छ। आँबुखैरेनी, भानु, बन्दीपुर लगायत क्षेत्रमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनाका साथै केही घाइते भएका थिए ।

वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिलेे चितुवाकोे प्रजननको समय भएकाले यसले मानिस र अन्य जनाबरमाथि आक्रमण गर्न सक्ने जनाउँदै डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट सचेत र र्सतर्क रहन आग्रह गरेको छ ।

जंगल फँडानी गरेर बस्ती बसाल्ने र जंगली जनावर मारेर खाइदिने गरेकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझन सके यसबाट बच्न सकिन्छ ।”

वनजंगलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुनथालेको उनले बताए । कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउन, र गोठ बलियो निर्माण गर्न सुझाउँदै आएको छ ।

विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्षउमेरसम्मका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker