एमाले गण्डकी अधिवेशन : म्याग्दे र भिमादबाट प्रतिनिधि छानिए

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको असोज १५ र १६ गते पोखरामा हुने प्रदेश अधिवेशनका लागि तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधि छनोट गरिएको छ ।

म्याग्दे गाउँ कमिटीको शनिबार सम्पन्न बैठकले ६ जना प्रतिनिधि छनोट गरेको छ । छनोट हुनेमा श्रीप्रसाद श्रेष्ठ, रत्नादेवी घिमिरे, हरिबहादुर थापा, सीता घिमिरे, सुनिता नेपाली र बसन थापा रहेका छन् ।

यस्तै, भिमाद नगरबाट प्रदेश अधिवेशनका लागि १२ जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको छ । भिमाद नगर कमिटीबाट महिलातर्फ कृष्णकुमारी श्रेष्ठ, शारदा खनाल, पवित्रा थापा, दलित पुरुषबाट बाबुराम सुनार र दलित महिलाबाट कोपिला नेपाली, खुल्ला युवाबाट उज्वल खनाल चयन भएका छन् । खुल्लातर्फ केदार सिग्देल, धर्म खनाल, नारायण खनाल, मेखबहादुर थापा, ऋषिराम राना र इमान थापा चयन भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker