बस चोरेको आरोपमा तनहुँका १७ वर्षीय किशोर पक्राउ

यात्रु बहाक बस चोरेको आरोपमा तनहुँका १७ वर्षीय किशोर चितवनबाट पक्राउ परेका छन् । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा ती किशोर पक्राउ परेका हुन् ।

शुक्रबार राति पोखरा महानगरको वडा-९ मा पार्किङमा राखिएको ग१ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको छ ।

शुक्रबार राति चितवनको भरतपुर नगरपालिका-११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका-३ घर भएका १७ वर्षीय किशोरलाई आँपटारीमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker