दोस्रो पाटन महोत्सवमा अनुराग र सावित्राको प्रस्तुती

तनहुँको व्यास नगरपालिका-५ पाटनमा जारी दोस्रो पाटन खेलकुद, कृषि, व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा दर्शकको आकर्षण बढ्दै गएको छ । महोत्सवको दोस्रो दिनसम्म उल्लेख्य दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।

महोत्सवका मूल संयोजक एवं पाटन युवा क्लबका अध्यक्ष अमर थापाले महोत्सवमा दर्शकको आकर्षण बढ्दै गएको बताए । रमाइलो मेला, स्टेचको कार्यक्रम, बोटे जातिको घरले दर्शकको ध्यान खिचेको उनले बताए।

महोत्सवका व्यवस्थापक अजित राइले चर्चित कलाकार संजीव सिह राना लगायतका कलाकारले शुक्रबारको कार्यक्रम प्रस्तुती दिने भएका छन् । स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने राइले बताए ।

यस्तै, बिहिबार चर्चित कलाकार अनुराग थापा, आरसी गौली, सावित्रा हड्खले लगायतका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए । विज्ञान प्रदर्शनी, स्थानीय कृषि उपज र औजारको प्रदर्शनी, होटल, फेन्सीका आइटम, सूचना, घरेलु, शिक्षा र स्वास्थ्य सम्बन्धी स्टल दर्शकको रोजाइ परेको महोत्सवका प्रवक्ता दिनेश लामिछानेले बताए ।

महोत्सवमा विभिन्न क्षेत्रका १५० वटा स्टल राखिएको छ । महोत्सवमा ४० लाखको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ। व्यास नगरपालिका-५ को पाटन खेलमैदानमा आयोजित महोत्सव कार्तिक ४ गतेसम्म चल्नेछ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker