यातायात व्यवस्था कार्यालय बिमलनगरबाट नक्कली परीक्षार्थी पक्राउ

तनहुँको बन्दिपुर गाउँपालिका–४ बिमलनगरबाट मंगलबार प्रहरीले नक्कली परीक्षार्थी पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालयमा सञ्चालित ए वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रयाल)मा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पुर्ण थापामगरलाइ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रहरीका अनुसार भानु नगरपालिका–४ का ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पुर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा फेला परेको हुँदा उनलाई पक्राउ गरिएको हो ।

पुर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker