उर्दु पढ्ने मुस्लिम विद्यार्थीलाई पोशाक वितरण

भञ्ज्याङन्यूज

शुक्लागण्डकी नगरपालिका-४ मा रहेका विपन्न मुस्लिम समुदायका बालबालिकालाई धार्मिक पोशाक वितरण गरिएको छ। वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी मुस्लिम सेवा समिति दुलेगौंडाले आफ्नो समुदायमा रहेका १७ बालबालिकालाई वडा कार्यालयले विनियोजित रकम मार्फ पोशाक वितरण गरिएको हो ।

विशेष गरी उर्दु भाषाको अध्ययन गर्दा, धार्मिक कार्यक्रम र मदर्शामा अध्ययनका लागि सहभागि हुँदा बालबालिकाको पोशाकमा एकरुपता गराउने उद्देश्यले पोशाक प्रदान गरिएको समितिका अध्यक्ष ममोम्मद शरिफ मियाँले जानकारी दिए । अध्यक्ष मियाँका अनुसार वडाले प्रदान गरेको बजेट शैक्षिक, आर्थिक र धार्मिक क्षेत्रमा जोडिएको छ ।

मुस्लिम समुदायका बालबालिकालाई धार्मिक पोशाक वितरण गर्दै वडाध्यक्ष राजकुमार वाग्ले मुस्लिम समुदायका बालवालिकालाई स्थानीय सरकारको अनुभूति गराउन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा पूर्व वडासदस्य रोजिना खातुन सहित वडा सदस्यहरु महिव ज्वारचन, मिठुमाया थापा र कार्यालय सचिव कल्पना गैह्रे लगायतले धार्मिक अल्पसंख्यकहरुलाई समेत सहभागि गराएर वडाको विकास गरिनुपर्नेमा जोड दिए । उनीहरुले नगर क्षेत्रमा रहेका मुस्लिम समुदायको धार्मिक र सांस्कृति विकासमा नगर सरकारले चासो दिनुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker