म्याग्दे समाज दमौलीमा नयाँ कार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता (दमौली)

म्याग्दे समाज दमौलीको प्रथम अधिवेशनले मनिराज थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा क्या. तारा मल्ल, सचिव विकास खनाल, सहसचिव कमला वाग्ले, कोषध्यक्षमा रमा वाग्ले चयन भएका छन् ।

यस्तै समाजको सदस्यहरूमा हरिश्चन्द्र वाग्ले, सुकनारायण मल्ल, राजकुमार श्रेष्ठ विवि, वलराम वाग्ले, शेरकुमार कायस्थ र देवी पौडेल खनाल रहेका छन् । उक्त अधिवेशन समारोहलाई सम्बोधन गर्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले समाज गठन हुनु आँफैमा सकारात्मक काम भएको र अन्य पालिकाका मानिसहरूलाई समेत एकजुट हुन शन्देस दिएको बताए ।

समाजका अध्यक्ष भाग्यशाली ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, ब्यास नगर पालीकाका उपप्रमुख मिरा जोशी, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, रामकृष्ण विक लगायतका बक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker