तनहुँमा आचारसंहिता उल्लंघनमा मौखिक उजुरी बढ्दै

भञ्ज्याङ समाचारदाता/दमौली

आगामि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।

दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । “मौखिक उजुरी आउने क्रम बढेको छ, लिखित रुपमा भने आएको छैन”, ढकालले भने, “उल्लङ्घनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौँ ।”

निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लङ्घन भइरहेको छ ।

आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए । “निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्र्छौ”, ढकालले बताए । निर्वाचन कार्यालयले दशवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक निर्वाचन सामग्री पठाउनका लागि प्याकिङ गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

साथै कर्मचारी छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । कर्मचारी छनौट गरिएपछि तालिम दिएर कर्मचारीलाई मतदानस्थल पठाइने ढकालले बताए । वैशाख २१ गतेभित्र कर्मचारी छनौट गरी २३ र २४ गते तालिम दिने तयारी छ ।

२७ गतेभित्र दशवटै पालिकामा कर्मचारी परिचालित भइसक्नेछन् । कर्मचारीसँगै मतपत्र र आवश्यक सामग्री मतदानस्थल पुर्‍याइनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी पनि परिचालित गरिसकेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारको विवरण सङ्कलन सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँ शाखाले पत्रकारलाई आचारसंहितामा कडाइ गरेको हो ।

निर्वाचनका बेला पत्रकारबाट आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले यथार्थ विवरण संकलनका लागि अनुगमन सुरु गरिएको महासंघका अध्यक्ष उज्ज्वल पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker