उच्च शिक्षा अध्यनका लागि छात्रवृत्ति रकम प्रदान
भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिका तुरतुरे स्थित लक्ष्मी लघुवित्त वित्तीय संस्था शाखा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । संस्थामा आवद्ध सदस्य विष्णु श्रेष्ठको छोरी अविशा श्रेष्ठलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
२०७९ सालको एसइइ परीक्षामा उत्तीर्ण अविशालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति बापतको रकम शुक्रवारका शाखाका शाखा प्रबन्धक दोष बहादुर थापाले उपलब्ध गराएका हुन् ।
उनले संस्थाले कर्जा वितरण, बचत संकलन मात्र नभएर महिला शसत्तिकरण, सामाजिक उत्तरदायित्व बहन, विभिन्न तालिम, गोष्ठी, महिला दिदीबहिनीहरुलाई अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको बताए ।
लघुवित्तले कर्जा र बचत बाहेक लघुविमा, व्रि्रेषण, ट्याबलेट बैकिङ्ग, मोवाइल बैकिङ्ग र विभिन्न अनलाइन भुक्तनीका सुबिधासंगै महिलालाई उद्यमशिलताका माध्यमबाट महिला शसक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सिप बिकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको बताइएको छ ।