गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । गत फागुन २८ गते नियुक्त भएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आइतबार पदभार सम्हालेका हुन् ।

सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने, ‘संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।’ उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर हुन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker