तनहुँ अदालतको हस्तलिखित सूचना : मुद्दाको सुनुवाई अनिश्चितकालका लागि स्थगित

दमौली : तनहुँ जिल्ला अदालतले मुद्दाको सुनुवाई अनिश्चितकालका लागि स्थगित गरेको छ ।

मंगलबार भएको प्रदर्शनमा अदालतमा रहेका मिसिल, कार्यकक्ष, कम्प्युटर लगायत सबै संरचना जलेर पूर्णरुपमा नष्ट भएकाले सबै मुद्दाको सुनुवाई अनिश्चितकालका लागि स्थगित भएको तनहुँ अदालतले जनाएको छ ।

अदालतले बुधबार हस्तिलिखित सूचना जारी गरी कार्यालय सञ्चालन गर्न असहज परिस्थिति सिर्जना हुन आएकाले आजको लागि तोकिएका मुद्दाका पेशी स्थगित गरिएको र तारेख तोकिएका मुद्दाका तारेख नगुज्रिने साथै भोलिदेखिको पेशीमा चढेका तथा अन्य मुद्दाहरुको हकमा सुनुवाई अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker