समयमा सहि सूचना दिए नकरात्मक अफवाह फैलिदैन : प्रमुख आयुक्त गुरुङ

भञ्ज्याङ न्यूज

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले र्सार्वजनिक निकायले समयमै सहि सूचना दिए नकरात्मक अफवाह नफैलिने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको सहकार्यमा आयोगले शुक्रबार दमौलीमा आयोजित सूचनाको हकसम्बन्धी अतरक्रिया कार्यक्रममा उनले स्थानीय तहलाई कुनै पनि सुचना नलुकाईकन समयमै सहि सूचना दिन आग्रह गरेका छन् ।

‘अहिले जनप्रतिनिधि तथा कर्मचारीहरुले पत्रकारहरुले हाम्रो बारेमा नकरात्मक कुरा मात्र लेखे, सामाजिक सञ्जालमा पोष्ट गरे भन्ने गुनासो बढेको छ’, आयुक्त गुरुङले भने, ‘नेपालको सार्वभौमसत्ता, अखण्डाता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भिर खलल पार्ने, अपराध अनुसन्धान, तहकिकात र अभियोजनमा प्रत्यक्ष असर पर्ने, व्यक्तिगत गोपनीयता, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष खलल पार्ने खालका सूचना बाहेक अन्य सूचना लिन पाउने कानुनी व्यवस्था रहेको हुँदा स्थानीय पालिकामा यी भन्दा फरक प्रकृतिका सूचना हुने भएकाले सूचना दिनलाई कञ्जुस्याई नगर्नुस् ।’

‘सत्यकुरा भन्दिए पत्रकारले गलत लेख्दैनन्, सूचना गोप्य राखियो भने पत्रकारले अन्यले भनेको र सुनेको भरमा लेख्छ, त्यसले गर्दा अफवाह फैलिन सक्छ’ उनले भने, ‘सम्बन्धित निकायले समयमै सहि सूचना दिनुपर्दछ । हामीले हाम्रा कुरा आफैले राख्नुपर्छ ।’

‘स्थानीय तह, सरकारी कार्यालय, संघसंस्था लगायतका सार्वजनिक निकायहरुले सूचना अनिवार्य र्सार्वजनिक गर्नुपर्छ’, आयुक्त गुरुङले भने, ‘यदि समयमै सहि सूचना सार्वजनिक गरियो भने समाजलाई सकरात्मकता तर्फउन्मुख गराउन मद्दत पुग्छ । सूचनामा जति पारदर्शीता गर्न सकिन्छ त्यति नै काम गर्न सहज हुनुका साथै नागरिक सचेत बन्न सक्छन् ।’

स्थानीय तहमा सूचना सार्वजनिक नगर्नुपर्ने कुनै त्यस्ता कारणहरु नहुँने भन्दै उनले स्थानीय पालिकाहरुले विशेष गरी विकास निर्माणका काम तथा प्रत्यक्ष जनतासंग जोडिने काम गरिने भएको हुँदा आफुले सम्पादन गरेका काम तथा निर्णयहरु समयमै सहज रुपमा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

सार्वजनिक नियकाका प्रत्येक कार्यालय, संघसंस्थाहरुले आफुले गरेका गतिविधिहरु कम्तिमा तीन तीन महिनामा सार्वजनिक गर्नुपर्नेमा सूचना आयोगले जोड दिएको छ । हरेक सार्वजनिक निकायमा ऐन बमोजिम कार्यालमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था रहे अनुरुप सूचना अधिकारी तोकिएको र नतोकिएका कार्यालयमा यथाशीघ्र तोक्न प्रमुख जिल्ला अधिकारीलाई प्रमुख आयुक्त गुरुङले निर्देशन दिएका थिए ।

यस्तै, कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले लोकतन्त्रको आधारभूत मान्यता भनेको कानुनको शासन भएको चर्चा गरेका थिए । कानुनी शासनबाट हामी विचलित भएर कानुनको हैसियतले प्राप्त दायित्वबाट हामी तलामाथी परेको स्थिति छ भने यसलाई सुधार्ने दायित्व सूचनाको हकले आमसमुदाय, समाजलाई दिएको बताए ।

सहकारी संस्थाहरुले पनि अनिवार्य रुपमा सूचना अधिकारी तोकि आर्थिक पारदर्शीता कायम गर्नुपर्ने आयोगले सचेत गराएको छ । सूचना लिन स्वयं व्यक्ति नै उपस्थित हुन नपर्ने र यदि कोही व्यक्तिले इमेल, फ्याक्स मार्फ पनि सूचना माग गर्न पाउने कानुनी प्रावधान रहेको सहभागिलाई जानकारी गराइएको थियो ।

यस्तै, पछिल्लो समय सूचना माग गर्नेको संख्या बढ्दै गएको र मागिएका सूचना नियमानुसार समयमै उपलब्ध गर्राईएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आफ्नो क्षेत्राधिकार भित्र पर्ने जिल्लाका र्सार्वजनिक निकायका संघ संस्थाहरुलाई सूचना अधिकारी तोकेर कार्यालयबाट सम्पादन हुने र भएका सेवाका विषयमा सूचना र्सवाजनिक गर्न लगाउने प्रतिवद्धता जनाएका थिए ।

राष्ट्रिय सूचना आयोगले तनहुँको व्यास नगरपालिकाको सहकार्यमा शुक्रबार दमौलीमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समूदाय र समूहका लागि लक्षित गरी आयोजना गरेको सूचनाको हकसम्बन्धी अतरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागिहरुले सूचनाको हक, के कसरी सूचना लिने दिने भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

सूचना आयोगको काम कर्तव्य, हालसम्म सम्पादन गरेको काम तथा सूचनाको हकका विषयमा सहभागिहरुलाई आयोगका सचिव भागिरथ पाण्डेले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker