के हो फेसबुक रेटिगं, घट्दा के असर गर्छ ?

फेसबुक प्रयोगकर्ताहरुले फेसबुक अकाउन्ट तथा पेजहरुमा अवश्य पनि रेटिगं नामक शब्द सुन्न भएको होला । तर, फेसबुक रेटिगं के हो ? यसले कसरी काम गर्छ ? यो किन आवश्यक छ र घट्दा अथवा बढ्दा के हुन्छ भन्नेकुरा थाहाँ नहुन सक्छ ।

आज हामी फेसबुक रेटिगं र यसको प्रयोग र प्रभावबारे कुरा गर्नेछौं ।

सामान्य भाषामा बुझ्दा फेसबुक रेटिगंले फसेबुक पेजको स्टयाडर्डलाई दर्शाउने गर्दछ । अर्थात फेसबुक रेटिगं भनेको रिभ्यु तथा प्रतिृकया हो । जसमा उक्त फेसबुक पेजमा प्रयोगकर्ताहरुले राखेको आफ्नो धारणा हो । रेटिगं व्यवसाय, ब्रान्ड, वा सेवा सम्बन्धी समग्र सन्तुष्टिको मापन गर्छ। यसलाई प्रयोगकर्ताहरूले दिने आफ्नो मूल्याङ्कनका रुपमा पनि बुझ्न सकिन्छ ।

रेटिगंमा समीक्षाहरूको औसतलाई निकाल्ने गरिन्छ । जसमा प्रयोगकर्ताहरुको राखेको राम्रो नराम्रो सबै समिक्षालाई औसतमा मापन गरेर ५ वाटा ताराका रुपमा देखाएको हुन्छ । उक्त ताराहरुले व्यवसाय, ब्रान्ड, तथा सेवा सम्बन्धी समग्र सन्तुष्टिलाई देर्शाउछ। रेटिंग १ देखि ५ तारा सम्म हुन्छ।

१ देखि ५ सम्म ताराहरुमा बढी भनेको राम्रो समीक्षा र सन्तुष्टि हो भने, कम तारा संख्या भनेको नकारात्मक प्रतिक्रिया र असन्तुष्टि हो ।

कुनैपनि प्रोडक्ट अथवा सभिर्सको मूल्याङ्कन त्यासको गुणस्तर र आम मानिसहरुले दिएकाके प्रतिकृयामा भर पर्ने गर्दछ । प्रोडक्ट अथवा सर्भिसको गुणस्तरको कुरा उक्त सेवा प्रदायक तथा उत्पादक कम्पनीमा निर्भर हुन्छ भने, प्रतिकृया आम मानिसहरुको रोजाई तथा उपभोगमा भर पर्छ । उक्त आम मानिसहरुको रोजाई र उपभोगलाई नै रेटिगंका रुपमा राखिएको हुन्छ ।

फेसबुक रेटिंग घट्दा कस्तो असर पर्छ ?

फेसबुकको खोजी परिणाम अर्थात हामीले सर्च गर्दा सबैभन्दा माथि र पपुलर भनेर अगाडी देखिने कुरामा यसले असर गर्दछ । उच्च रेटिंग भएका पेजहरूलाई फेसबुक आफैले प्राथमिकता दिन्छ। रेटिंग घट्दा पेजको प्रथामिक्तामा नपरेर भ्युबरसिप तथा अडियन्सहरु घट्दै जान्छन् ।

फेसबुक पेजको रेटिंग कम हुँदा व्यवसाय वा ब्रान्डको इमेजमा नकारात्मक असर पर्छ। मानिसहरूले पेजलाई कम विश्वास गर्न थालेको भनेर बुझ्न सकिन्छ । यसले भविष्यका नयाँ ग्राहक तथा अडियन्सलाई घटाउछ । त्यस्तै, ब्रान्डको छविमा नकारात्मक असर पर्छ।

रेटिंग घट्दा ग्राहकहरूको विश्वास पनि स्वतं घट्छ। उच्च रेटिंग भएका पेजहरूलाई आम मानिस तथा प्रोफेसनल मानिसहरुले बढी विश्वसनीय ठान्छन् भने, कम रेटिंग भएका पेजहरुलाई विश्वसनियक ठान्दैनन् ।

मानिसहरुको सकारात्मक प्रतिक्रिया र उच्च रेटिंगले व्यापार, व्यवसाय तथा सेवाको वृद्धि गर्न मद्दत गर्छ। भने, रेटिंग घट्दा सम्भावित ग्राहकहरूलाई आकर्षित गर्न र व्यवसायको वृद्धि गर्न गाह्रो हुन्छ ।

उच्च रेटिंग र सकारात्मक समीक्षाहरूले नयाँ नयाँ प्रयोगकर्तालाई सामाजिक रुपमा आकर्षित गर्न मद्दत गर्छ भने, कम रेटिंगले सामाजिक रुपमा अलिक कमजोर बनाउन सक्ने हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker