तनहुँमा धान जोनको क्षेत्रफल वृद्धि

दमौली : तनहुँमा धान जोनको क्षेत्रफलमा वृद्धि भएको छ । धानखेतीतर्फ किसानलाई आकर्षित गराउने उद्देश्यसहित सञ्चालित धान जोनमा २३ प्रतिशतले वृद्धि भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइले जनाएको छ ।

व्यास नगरपालिका–८, ९, ११, भानु नगरपालिका र बन्दीपुर गाउँपालिका–१ मा धान जोन कार्यक्रम सञ्चालनमा रहेको एकाइका वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए । अघिल्लो वर्ष ५०० रोपनी क्षेत्रफलमा धान जोन कार्यक्रम सञ्चालन रहेकामा गतवर्ष ६१५ रोपनी क्षेत्रफल पुगेको ढुङ्गानाले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा ५१० रोपनी क्षेत्रफलमा धान जोन सञ्चालन रहेकामा दुई हजार ७५४ किलो धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा छ ६१५ रोपनी क्षेत्रफलमा विस्तार हुँदा तीन हजार ३८२ किलो धान उत्पादन भएको छ ।

धेरै धान उत्पादन हुने क्षेत्र पहिचान गरी यहाँका किसानलाई आबद्ध गराएर धान जोन कार्यक्रम सञ्चालन भइरहेको छ । एकाइले गत आर्थिक वर्षमा किसानलाई ५०० किलो हर्दीनाथ हाइब्रिड धानसँगै अन्य कृषिजन्य सामग्री एवं औजारसमेत वितरण गरेको छ ।

ढुङ्गानाका अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ वितरण गरिएको थियो । धान जोनमा आबद्ध किसानलाई ११० क्विन्टल विभिन्न जातका धानका उन्नत बीउ वितरण गरिएको उहाँले बताउनुभयो । त्यसका लागि रु ५७४ हजार बजेट विनियोजन गरिएकामा रु चार लाख दुई हजार खर्च भएको छ ।

धान जोन कार्यक्रमबाट ५६० महिला र ४५८ पुरुष गरी एक हजार १८ जना लाभान्वित भएका छन् । त्यसमध्ये ५२ दलित, ४०५ जनजाति, ५६१ र ३०५ पाँच जना युवा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker