तपाईंको स्मार्टफोन हरायो ? यी ५ काम गरिहाल्नुस्

स्मार्टफोन हाम्रो दैनिकीको अहम् हिस्सा बनिसकेको छ । हाम्रा हरेक कामहरु फोनबाटै गर्न सकिने भएका छन् । बैंकको काम होस् वा भुक्तानीको होस् हरेक कामका लागि स्मार्टफोन नै काममा आउँछ ।

मोबाइल सेवा तथा अनलाइन सेवाका कारण हातमा भएको फोनबाट चुट्कीको भरमा धेरै काम गर्न सकिन्छ । त्यसैले हामी आफ्नो फोनमा धेरै निर्भर हुन्छौँ र फोनमा आफ्ना धेरै डाटाहरु राखेका हुन्छौँ ।

यस्तोमा यदि फोन चोरी भयो वा हरायो भने हामी तिल्मिलाउनु स्वभाविकै हो । आफ्नो फोन चोरी भएको वा हराएको अनुभव हामीमध्ये अधिकांसको हुनसक्छ । तपाईंले आफ्नो फोन हराए लगत्तै के गर्नुहुन्छ ?

धेरैले गर्ने पहिलो काम भनेको सम्भावित ठाउँमा गएर खोज्ने तथा पुलिसमा निवेदन दिने हुन्छ । तर यी काम बाहेक तपाईंले फोन हराउँदा वा चोरिँदा बित्तिकै गर्नुपर्ने ५ वटा काम यी हुन्ः

तुरुन्तै डेटा हटाउनुहोस्

जब तपाईंको फोन हराउँछ त्यसको सिधा असर तपाईंको खल्तीमा पर्दछ, अर्थात् खर्च बढ्छ । तर फोनको मूल्यभन्दा उक्त फोनमा तपाईंले संग्रहित गरेका आफ्ना निजी डेटा धेरै मूल्यवान हुन सक्दछन् । त्यसैले ती विवरण, कागजात तथा सामग्रीहरु कुनै गलत हातमा पुग्नुभन्दा अगाडि नै तपाईंले त्यसलाई डिलिट गर्न सक्नुहुन्छ । आइफोन प्रयोगकर्ताले आइक्लाउड डट कममा गएर find device फिचरबाट आफ्नो हराएको आइफोनमा रहेका डाटा हटाउन सक्छन् भने एन्ड्रोइड प्रयोगकर्ताको फोन गुगल अकाउन्टसँग जोडिएको हुन्छ ।

आफ्नो फोन ट्रयाक गर्नुहोस्

चोरी भएको वा हराएको फोन पनि ट्रयाक गर्न सकिन्छ । आइफोनमा Find my Iphone फिचर रहेको छ । यस्तो फिचर एन्ड्रोइडमा पनि हुन्छ । तर यसका लागि तपाईंको स्मार्टफोन लोकेसन खुल्ला हुनु पर्दछ ।

बैंक अकाउन्टलाई सुरक्षित बनाउनुहोस्

फोनमा रहेका बैंक अकाउन्टका एपहरुमा प्रायः अकाउन्टहरु लगआउट नगरी खुल्लै छाड्ने बानी धेरैको हुन्छ । त्यसैले तपाईंको फोन हरायो भने तपाईंको अनलाइन बैंकिङ अकाउन्टमाथि गलत मानिसको पहुँच नपुगोस् भन्नका लागि तपाईंले आफ्ना सबै अनलाइन बैंकिङको पासवर्ड परिवर्तन गर्नुहोस् । त्यसका साथै एटिएम पिन पनि परिवर्तन गर्नुहोस् ।

सोसल मिडिया प्लाटफर्मको पासवर्ड पनि बदल्नुहोस्

स्मार्टफोनमा फेसबुक, ट्विटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडिया प्लाटफर्म खुल्लै हुन्छन् । त्यसैले तपाईंको फोन अर्को व्यक्तिको हातमा पर्दा त्यस्ता खुल्ला रहेका सोसल मिडिया प्लाटफर्मका साथै जिमेल लगायतको पनि दुरुपयोग हुने जोखिम हुन्छ ।

तपाईंले अकाउन्ट लगइन भएका सबै डिभाइसहरुबाट घरमै बसेर एकसाथ लगआउट गर्न सक्नुहुन्छ । त्यसैले सबैभन्दा पहिले सबै डिभाइसहरुबाट आफ्नो सोसल मिडिया अकाउन्टहरु लगआउट गर्नुहोस् । त्यसपछि आफ्ना सबै सोसल मिडिया तथा इमेल समेतको पासवर्ड परिवर्तन गरिहाल्नुस् ।

सिम कार्ड ब्लक गर्नुहोस्

फोन चोरी वा हराएपछि प्रहरीमा निवेदन दर्ता गराएसँगै सम्बन्धित टेलिकम अपरेटरमा निवेदन दिएर तुरुन्तै आफ्नो सिमकार्ड ब्लक गराउनुहोस् । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker