भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर

यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ । अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ । यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ । तर, गत साता सम्पन्न अमेरिकी सेनाको अहिलेसम्मकै उच्च प्रविधिको प्रयोग कुनै सिनेमाको दृश्य होइन ।

एयरफोर्स न्युुजले ३ सेप्टेम्बरमा जारी गरेको समाचार विज्ञप्तिअनुसार एयरफोर्स सी–१३० मा उडेर सम्भावित खतरनाक एयरफिल्डमा पुुगेका सैनिकहरुले आफु विमानभित्रै बसेर रोबोट कुकुरहरुलाई खतरा पत्ता लगाउन बाहिर उतारेका थिए । यी अत्याधुनिक रोबोटहरु एडभान्स ब्याटल म्यानेजमेन्ट (एबीएमएस) प्रणाली जोड्ने एउटा पाटोमात्रै रहेको अमेरिकी सेनाले जनाएको छ ।
यस प्रणालीले अन्तरिक्षमा अमेरिकी सेनाको सम्पत्ती तथा अमेरिकामा सम्भावित मिसाइल्स वा अन्य विधिबाट हुने हमलाको जोखिम पहिचान र काउन्टरका लागि आर्टिफिसियल इन्टेलिजेन्स र ¥यापिड डाटा एनालिटिक्सको प्रयोग गर्छ । एयरफोर्स अफ आक्वजिसन, टेक्नोलोजी एन्ड लजिस्टिकका एसिस्टेन्ट सेक्रेटरी बिल रोपरका अनुसार भविष्यमा  सैनिकहरुसामुु युद्धमैदानमा सुचनाको दुविधाग्रस्त संकलन मूल्याङ्कन गर्नुुपर्ने चुनौती हुनेछ । ‘प्रभावकारी रुपमा लड्नका लागि उनीहरु नानो सेकेन्डमा गरिने डाटा सिन्थेसिसको भर पर्नेछन्,’ रोपरले एमबीएमएस अभ्यासबारे भनेका छन्, ‘डाटा नै युद्धको आधारभूत स्रोत हुनेछ । आगामी पुस्ताको युद्धमा जेट इन्धन वा स्याटेलाईटभन्दा यसको महत्त्व कम हुनेछैन ।’ ३१ अगस्टदेखि ३ सेप्टेम्बरसम्म आयोजित पछिल्लो अभ्यासमा कोस्टल गार्ड र उद्योगका दर्जनौँ टोलीसहित अमेरिकी सेनाका सबै शाखाको सहभागिता थियो । अभ्यासका क्रममा देशका ३० स्थानहरु  प्रयोग गरियो ।

नभाडास्थित निलइज एयर फोर्स बेस तालिमका लागि प्रयोग भएका स्थानहरुमध्ये एक थियो, जहाँ रोबोट कुकुरहरु एकसाथ बाहिर निस्किए । ‘हाम्रा सबै रक्षकहरुलाई विमान नजिक राख्दै कुकुरहरुले हामीलाई यस क्षेत्रको दृश्य दिन्छन्,’ एयर फोर्सको ६२१ औं कन्टिन्जेन्सी रेस्पोन्स ग्रुपका मास्टर सर्जेन्ट लि बोस्टनले भनेका छन् ।

यी कुकुर रोबोटको उत्पादन घोस्ट रोबोटिक्स अफ फिलाडेलफियाले गरेको हो, यस कम्पनीले उनीहरुलाई भिजन ६० युुजीभी वा स्वतन्त्र मानवरहित ग्राउन्ड भेहिकल्स नाम दिएको छ । यस कम्पनीले कुनै पनि मैदान वा वातावरणमा सेन्सरहरुको समुह र रेडियोहरु बोक्दै सञ्चालनमा आउनसक्ने रोबोटको क्षमताबारे प्रचार गरेको छ । खुुट्टासहितका अन्य रोबोट र परम्परागत व्हिल–ट्रयाक्ड युुजीभीहरुको दाँजोमा कम प्राविधिक कठिनाइसहित  खुुट्टासहितका हाम्रा रोबोट डिजाईन गरिएका छन्,’ कम्पनीको वेवसाइटमा उल्लेख छ, ‘कठिनाइ कम गरेर हामीले स्वत यसको स्थायित्व, तिव्रता र धैर्यता बढाएका छौं । हाम्रा क्यिुु–युुजीभीहरु रोकिदैनन् ।’

भविष्यमा यी रोबोटहरु अमेरिकी सेनाको महत्त्वपूर्ण हिस्सा बन्नसक्छन्, एयर फोर्सको विज्ञप्तिले यसलाई ‘किल चेन’ भनेको छ । ‘सबै युद्धक्षेत्रमा  स्पिडमा अन्डर थ्रेटमा सेन्सरलाई सुुटर्ससँग लिंक गर्न एबिएमएस कसरी प्रयोग गर्ने भनेर हामी खोज गर्दैछौँ । सूचनाको युुगमा लड्न  र जित्नका लागि यस्ता सोच र क्षमतालाई परिपक्व बनाउनु जरुरी छ,’ स्पेस अपरेशन्सका प्रमुख जनरल जोन रेमण्डले भनेका छन् । ‘हाम्रा वारफाइटर्स र फाइटर कमाण्डहरुले जित्नका लागि इन्टरनेटको स्पिडमा लड्नैपर्छ,’ एयरफोर्स चिफ अफ स्टाफ जनरल चाल्र्स ब्राउन जुनियरले भने ।

स्रोत : सीएनएन

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker