बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय, नेपालमा गराउनेछ वर्षा र हिमपात

काठमाडौं । भारतको मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने चेतावनी जारी गरेको छ ।

बीबीसी हिन्दीका अनुसार मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ । मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ । नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ । मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker