चौतारो निर्माणमा जुटे गुणादीका दिदीबहिनी

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिँदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन् ।

विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व सङ्कटमा पर्दै गएकाले संरक्षणमा जुटेको समूहकी अध्यक्ष हिमा पौडेल खनालले जानकारी दिनुभयो । नारी दिवसको अवसर पारेर गत बुधबार ज्येष्ठ नागरिक देवीलाल खनालले चौतारो निर्माणको शिलान्यास गरेका छन् ।

पुर्ख्यौली सम्पदाका रुपमा रहेको पाटी, पौवा, कुवा र चौतारो लगायतका उचित संरक्षणको अभावमा हराउँदै जान थालेकाले यसको संरक्षण गर्न कस्सिएको पौडेलको भनाइ छ । भावि पुस्तालाई पाटी, पौवा, कुवा र चौतारा लगायतका विषयमा चिनाउन र जानकारी गराउन पनि कठिनाइ हुने खतरा देखिएको समूहका दिदीबहिनी एकजुट भएर अघि बढेको उनले बताए ।

उनले भने, ‘म्याग्दे गाउँपालिकाबाट रु दुइ लाख ६५ हजार र दिदीबहिनी समूहबाट रु एक लाख ७७ हजार गरी कूल रु चार लाख ४२ हजारको लागतमा निर्माण गर्न लागेको हौ ।’ चौतारा संरक्षण, रेखदेख तथा सरसफाइ आलोपालो गर्ने सहमति भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker